Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोकुल बाँस्कोटाको प्रश्न – पार्टी एमालेबाट झमाले बनेको हो ?


    सोमबार, चैत्र २ २०७७
    2.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफुहरुको पार्टी एमालेबाट झमाले बनेको त हैन भनेर प्रतिप्रश्न गरेका छन्। 

    पछिल्लो समय एमालेमा केपी शर्मा ओली नेतृत्वको समूह र माधव नेपाल-झलनाथ खनाल नेतृत्वको समूहबीच तालमेल नमिल्दा पार्टीभित्र आन्तरिक झमेला भएको सन्दर्भमा पूर्वमन्त्री बाँस्कोटाले यस्तो प्रश्न गरेका हुन्। 
      
    सर्वोच्चले नेकपा एकीकरणलाई बदर गरेसँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेको आन्तरिक द्वन्द चलिरहेंको छ। 
     
    यसैबीच, नेता बाँस्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्,  ‘कोही कोही नेतालाई त कालो कोट लगाई दिने समय आए जस्तो लाग्यो । नहुने भए पार्टीमा झै झमेला विभाग थप गरिदिऊँ कि कसो ? पार्टी  एमाले पो हो त झमाले बनेको त हैन।’

    Capture11.JPG

    नेता बाँस्कोटा ओली पक्षका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार