Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले सत्तामा बस्ने हैसियत गुमाइसके : डा. बाबुराम भट्टराई


    सोमबार, चैत्र २ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्ता समीकरणमा निर्णायक भूमिकाममा रहेको प्रतिनिधिसभाको चौथो ठुलो दल रहेको जनता समाजवादी पार्टी (जसपा) यतिबेला दोधारमा रहेको छ। 
    पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले ठोस निर्णय भने गर्न सकेको छैन।

    यसैबीच, जसपा संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बस्ने हैसियत गुमाईसकेको बताएका छन्। 

    सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्,  ‘अझै पनि समय छ-नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडुन् !

    उनले दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे भन्दै नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ?  भन्दै प्रश्न समेत खडा गरेका छन्। 

    Capture.JPGCapture.JPG

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार