Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘ओलीको विसर्जनवादविरुद्ध संघर्ष अपरिहार्य’


    सोमबार, चैत्र २ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। सत्तारूढ एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका पदाधिकारी र स्थायी कमिटी सदस्य गरी ११ जनाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई नैविघटन र विसर्जनको बाटोमा लगेकाले अब पार्टीलाई ‘क्रान्तिकारी पुनर्गठन’ गर्नुपर्ने अभिभारा आइपरको  घोषणा गरका छन् ।

    वरिष्ठ नेताहरू खनाल–नेपालसहितका ११ नेताले आइतबार संयुक्त वक्तव्य दिदै पार्टी पुनर्गठनको आवश्यकता औंल्याउनुले एमाले विवादमा थप खाडल परको  छ । अब एमाले सग्लो रहने सम्भावना झिनो बनेको छ । उनीहरूले ओलीविरुद्धको संघर्षमा जुट्दै पार्टीलाई अघि बढाउने दिशामा गोलबद्ध हुन सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरका छन्  ।

    ओलीविरुद्ध देशव्यापी रूपमा उभिने रणनीति तय गर्न आउदो ४ र ५ गते यो समूहले राजधानीमा राष्ट्रिय भेला बोलाइसकेको छ । राष्ट्रिय भेलामार्फत तय गरिने आफ्नो अबको बाटो के हो भन्ने मुख्य नेताहरूले आइतबार वक्तव्यमार्फत इंगित गरेका हुन् ।

    ‘केपी ओलीका पार्टी विधानविपरीतका अराज,  स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनका सामु समस्याका रूपमा उपस्थित भएका छन्,’ उनीहरूको वक्तव्यमा छ, ‘हामी यस्ता समस्याको निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउन चाहन्छौं । ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादविरुद्ध दृढतासाथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ ।’

    निर्वाचनको मोर्चाबाट समेत कम्युनिस्ट पार्टीलाई विजयी बनाई राष्ट्रिय हित, स्वाधीनता र अखण्डता तथा स्वाभिमानलाई सुदृढ तुल्याउदै जनताको समृद्धि हासिल गर्ने आफूहरूको लक्ष्य रहेकाले त्यसका लागि अब पार्टी पुनर्गठनको आवश्यकता परको  उनीहरूको निष्कर्ष छ । 

    ‘पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभिभारा हाम्रो काधमा आएको छ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरी छाड्नेछौं,’ वक्तव्यमा छ ।

    ओलीबाट जनादेशअनुरूप पा“च वर्ष वामपन्थी सरकार चलाउने र पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय एकता कायम गर्ने भूमिका निर्वाह गर्नुको सट्टा सरकारलाई विघटनतर्फ लैजाने, प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गर्ने, वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्त पार्ने र आफ्नै पार्टी एमालेलाई समेत विभाजन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ काम–कुरा भएको देखिएको उनीहरूको भनाइ छ । (कान्तिपुर दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार