Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको बैठकले ओलीका मन्त्रीहरुलाई कारबाही गर्ने


    आइतबार, चैत्र १ २०७७
    4.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । आइतबारबाट जारी बैठकमा माओवादी केन्द्रबाट केपी ओली सरकारमा मन्त्री भएकाहरुमाथि कारबाही गर्ने प्रस्ताव पेश भएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।  

    माओवादी केन्द्रबाट प्रतिनिधिसभामा प्रत्यक्षबाट जितेका ४ जना मन्त्री छन् भने राष्ट्रियसभाका गृहमन्त्री रामबहादुर थापा बादल छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह मन्त्री छन् । मणिचन्द्र्र थापा र दावा लामा भने सासद होइनन् । उनीहरु पार्टीको स्थायी समिति र केन्द्रीय कमिटी सदस्य हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार