Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन टोलमा ११ हजारले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, फाल्गुन २० २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार रुपैयाँले घटेको हो।

    आज छापवाल सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार