काठमाडौं । सर्वोच्च अदालतको फैसलाले एमाले–माओवादी केन्द्र पुनस्र्थापित भएपछि विकसित राजनीतिक परिदृश्यपछि १ नम्बर प्रदेशसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार अनिश्चितकालका लागि बैठक स्थगित भएको सूचना टाँसेका छन् ।
गएको पुस १० मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि १ नम्बर र बागमती प्रदेशका सरकारबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका थिए । ती अविश्वास प्रस्ताव दर्ता भए पनि तत्कालीन नेकपाको ओली समूहले टेबुल गर्नबाट रोकेका थिए । १ नम्बर प्रदेशमा बल्लतल्ल टेबुल भए पनि त्यसपछि अगाडि बढ्न सकेको थिएन ।
फागुन २३ को सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि आजका लागि पूर्वनिर्धारित बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । एकता खारेज नहुँदासम्म माधव–प्रचण्ड समूहले मुख्यमन्त्री राईका बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एकता खारेज भएपछि एमालेकै बहुमत भएकाले मुख्यमन्त्री राई सुरक्षित जोनमा छन् । बागमती प्रदेशसभामा पनि एमालेकै बहुमत रहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend