Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको अनुरोध


    मंगलबार, फाल्गुन १९ २०८२
    275
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • लुम्बिनी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ ।

    निर्वाचन आचारसंहिता, २०८२ बमोजिम गएराति १२:०० बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भएकाले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कार्यक्रम गर्न नपाइने गरी रोक लगाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मातृका आचार्यले जारी गरेको सूचनामा जनाइएको छ ।

    यस्तै मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन र कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने गरी रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।

    उक्त सूचनामा सामाजिक सञ्जाल अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवार पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने गरी रोक लगाइएको समेत जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार