Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक बस्दै


    आइतबार, चैत्र १ २०७७
    3.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

    बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्‍न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    आजको बैठकमा एमालेमा गएका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने स्थाश्रेष्ठले बताए ।

    यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । 
    शनिबारको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

    सरकारमा माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार