Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • चुनावमा पनि इन्धन नियमित आपूर्ति हुन्छ, अनावश्यक भण्डारण नगरौँ : आयल निगम


    मंगलबार, फाल्गुन १९ २०८२
    755
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले इन्धन अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । अभाव हुने हल्लाका आधारमा उपभोक्ताहरुले भण्डारण गर्न थालेपछि निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई निगमले आग्रह गरेको हो ।

    निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।

    सोमबार एक सूचनामार्फत् उनले भनेका छन्–‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत् नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।’

    उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराएका छन् ।

    सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार