Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनावश्‍यक पेट्रोल स्टोर नगर्न आयल निगमको आग्रह 


    सोमबार, फाल्गुन १८ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

    सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेका हुन्।

    ‘पेट्रोलियम पदार्थको आयात पाइपलाइन मार्फत् नियमित रूपमा भइरहेको छ,’ उनले भने, ‘आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’

    उनले पेट्रोलियम पदार्थ ड्रम वा क्यानमा स्टोर गर्दा जोखिम बढ्ने भन्दै सचेत गराएका छन्।

    सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमले आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार