Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै 


    सोमबार, फाल्गुन १८ २०८२
    260
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्रीले आज प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)बाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्रीले आज आम चुनाव र अन्य समसामयिक विषयमा राष्ट्रलाई सम्बोधन गर्ने र त्यसका लागि अहिले प्रावधिक तयारी भइरहेको जानकारी दिए ।

    यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकार ढलेपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो । यो सरकारको मुख्य काम नै चुनाव गराउनु हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार