काठमाडौँ । सरकारले मध्यपूर्वमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै ‘र्यापिड एक्सन टिम’ गठन गर्ने तयारी गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त टिमको स्थापना प्रक्रिया सुरु भएको जानकारी दिएको हो।
परराष्ट्र मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने यो टिममा श्रम तथा रोजगार मन्त्रालय, गृह मन्त्रालय लगायत सम्बन्धित अन्य निकायका प्रतिनिधिहरू समावेश हुनेछन्।
परराष्ट्र मन्त्रालयका अधिकारी कृष्णप्रसाद ढकालका अनुसार, उक्त टिमले मध्यपूर्वको घटनाक्रम नजिकबाट अनुगमन गर्ने, आवश्यक निर्णय छिटो लिन सक्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र आवश्यक परेमा त्यहाँ रहेका नेपाली नागरिकलाई सहयोगका लागि तत्काल कदम चाल्ने कार्यभार सम्हाल्नेछ।
ढकालले भने, “मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षालाई सरकार उच्च प्राथमिकतामा राखेको छ। यही उद्देश्यका लागि र्यापिड एक्सन टिम गठन गर्ने निर्णय गरिएको हो।”
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend