काठमाडौँ। इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले उनीहरूविरुद्ध ‘इतिहासकै खतरनाक आक्रमण’ गर्ने चेतावनी दिएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गरी भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध चाँडै इतिहासको सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’
यसैबिच त्यसो गरिए अझ कडा आक्रमण गरिने जवाफ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले भर्खरै यसअघि कहिले नगरिएको धेरै शक्तिशाली आक्रमण गर्ने भनेको छ। तर त्यसो नगर्नु उसका लागि राम्रो हुनेछ। किनकि त्यसो गर्यो भने हामी त्यस्तो भीषण आक्रमण गर्नेछौँ, जुन उसले यसअघि कहिले देखेको थिएन।’
यसैबिच इरानको सरकारी टीभी च्यानलका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अयातोल्लाह अली खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा काममा व्यस्त रहेका बेला मारिएको बताएको छ।
इरानका सञ्चारमाध्यम तस्निम र फार्सका अनुसार आक्रमणमा इरानका सर्वोच्च नेता खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्।
सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।
आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’
यसैबिच वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलको आक्रमणमा इरानमा कम्तीमा १३३ जना मारिएको र २०० जना घाइते भएको जनाएको छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend