Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पैसा बाँड्न लागेको आशङ्कामा मोरङबाट कांग्रेसका ३ कार्यकर्ता नियन्त्रणमा


    आइतबार, फाल्गुन १७ २०८२
    460
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको आशङ्कामा प्रहरीले मोरङको रतुवामाईबाट नेपाली कांग्रेसका ३ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूका साथबाट साढे चार लाख रुपैयाँ नगत बरामद गरेको हो ।

    रतुवामाई नगरपालिका-८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई-९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    घिमिरे कांग्रेसको भ्रातृ सङ्गठन नेपाल किसान महासङ्घ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरू रतुवामाई(७ जामवाढीबाट गयराति साढे ९ बजेतिर पक्राउ परेका थिए ।

    प्रहरीले को.१ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रुपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमुना मतपत्र फेला परेको थियो । सोधपुछ र चेकजाँच गरेर उनीहरूलाई छाडिएको छ । उनले गाडी भने प्रहरीको नियन्त्रणमा रहेको छ । रतुवामाई मोरङ(२ मा पर्छ । यहाँ कांग्रेसका डा। मिनेन्द्र रिजाल, एमालेका दिलिप बगडिया, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कृष्णकुमार कार्कीलगायत उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार