Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ हजार ६ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    आइतबार, फाल्गुन १७ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको हो।

    आज छापवाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । मध्यपूर्वमा देखिएको तनावका कारण सोमबार सुनको भाउ थप बढ्न सक्ने अनुमान गरिएको छ ।

    सुनसँगै चाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार