काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश संस्थापक महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आइतबार सुर्खेतमा आयोजित एक विशेष कार्यक्रमबीच उनीहरू विधिवत रूपमा कांग्रेसमा समाहित भएका हुन्।
रास्वपाभित्र पछिल्लो समय चुलिएको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विक र बस्नेतसहितका नेताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूलाई नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे।
प्रवेश गर्ने नेताहरूले रास्वपामा व्यक्तिवादी हावी भएको र संगठनभन्दा ‘स्टन्ट’लाई बढी प्राथमिकता दिइएकाले आफूहरूले विकल्प रोजेको बताएका छन्। विकले भनिन्, ‘हामीले ठूलो आशाका साथ रास्वपा निर्माणमा रगत पसिना बगाएका थियौँ, तर त्यहाँ भुइँतहका कार्यकर्ताको मूल्यांकन हुन सकेन।’
रास्वपाले कर्णालीमा संगठन विस्तारका लागि चन्द्रा विकलाई सुरुवातमै जिम्मेवारी दिएर पठाएको थियो, जसले जिल्ला-जिल्लामा पुगेर कमिटीहरू गठन गरेकी थिइन्।
पछिल्लो समय पार्टी सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप र पार्टीको आन्तरिक लोकतन्त्रमा देखिएको विचलनलाई लिएर कर्णालीका नेताहरू असन्तुष्ट रहँदै आएका थिए।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend