Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश


    शनिबार, फाल्गुन १६ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता लीला गिरीले पार्टीमा स्वागत गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासङ्घका अध्यक्ष हुन् ।

    एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए ।

    पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । उनीसँगै नेकपा रुपन्देहीका सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार