सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा तीन वटा मतदान केन्द्र पूर्णरूपमा महिला कर्मचारीमार्फत सञ्चालन गरिने भएको छ । नेतृत्व तहदेखि कार्यालय सहयोगीसम्म सबै जिम्मेवारी महिलाले सम्हाल्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार क्षेत्र नम्बर १ अन्तर्गत लालबन्दी नगरपालिकाका वडा नम्बर १० स्थित आधारभूत विद्यालय चन्द्रपुर (क) र (ख) तथा वडा नम्बर ८ स्थित नगरपालिकाको नयाँ भवन (ख) मतदान केन्द्रमा सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ ।
उनले यसलाई केवल प्राविधिक अभ्यास नभई नेतृत्वमा महिलाको क्षमता र विश्वसनीयता प्रदर्शन गर्ने प्रयासका रूपमा व्याख्या गरे । स्थानीय तहका कर्मचारी, विद्यालयका शिक्षिका, बैंक तथा सरकारी कार्यालयमा कार्यरत महिला जनशक्तिलाई परिचालन गरी मतदान प्रक्रिया सञ्चालन गरिने तयारी छ ।
ती मतदान केन्द्र निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेकाले व्यवस्थापन, समन्वय र अनुगमनमा सहज हुने विश्वास गरिएको छ ।
कार्यालयले निर्वाचनको संवेदनशीलता ख्याल गर्दै शान्तिपूर्ण, सुरक्षित र मतदातामैत्री वातावरण सुनिश्चित गर्न तालिमप्राप्त तथा सक्षम जनशक्ति खटाइएको दाबी गरेको छ ।
यसैबीच, वडा नम्बर १३ पत्थरकोटस्थित कुशेश्वर आधारभूत विद्यालय छेडा ९ख० मतदान केन्द्रमा भने शिक्षकहरूलाई मात्र जिम्मेवारी दिइएको छ । यसले मतदान प्रक्रियामा शैक्षिक जनशक्तिको भूमिकालाई समेत उजागर गरेको कार्यालयको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सर्लाहीमा निर्वाचनका लागि कुल ३ हजार ७६८ कर्मचारी परिचालन गरिनेछन् । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई आवश्यक तालिम प्रदान गरिसकिएको जनाइएको छ ।
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend