Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : नेता पौडेल


    शनिबार, फाल्गुन २९ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गलकोट। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन् ।  बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताएका छन् ।

    “लोकतन्त्र र कांग्रेस सङ्कटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन थाल्यो”, पौडेलले भनेका छन् ।, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ ।”

    पौडेलले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कांग्रेस कसका कारण सकिँदैछ भन्ने कुरा छर्लङ्ग भएको बताएका छन् । कम्युनिष्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेसप्रति जनता आउन नसक्नुका पछाडि कांग्रेसको नेतृत्व नै कमजोरी रहेको भन्दै अब सच्चिएर जानुपर्ने बताउँदै कांग्रेसको उपचार माथिबाट नभएर तलबाटै गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

    “अब माथिबाट कांग्रेस सुध्रिन्नजस्तो छ”, पौडेलले भने, “जनस्तरबाटै उपचार विधि खोजौँ ।”  उनले राष्ट्रको सङ्कट बचाउन कांग्रेस सक्षम भए पनि आन्तरिक किचलो अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । 

    उनले देशको हित हुन्छ भने देउवाको नेतृत्वमा कांग्रेस सरकारमा जान तयार रहेको बताए । शिक्षकले विद्यार्थीलाई संविधान पढाउन सक्नुपर्ने भन्दै संविधान पढाएपछि कांग्रेसमा आउ भन्नै नपर्ने उहाँको तर्क छ । यसो भन्दैमा विद्यालयलाई राजनीति गर्ने थलो नगराउन नेता पौडेललेको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार