Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • म नै प्रधानमन्त्री बनेपनि चमत्कार गर्न सक्दिन: गगन थापा


    शुक्रबार, फाल्गुन १५ २०८२
    400
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई नै प्रधानमन्त्री बनाएपनि चमत्कार गर्न नसक्ने बताएका छन् ।

    आज (शुक्रबार) नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा उपमहानगरपालिका–११ देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको चौरमा आयोजित बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्न सक्दिन। कसैले पनि चमत्कार गर्न सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन,’ उनले भने ।

    यसका लागि दर्जनौँ ठाउँमा संविधान संशोधन गर्नुपर्ने पनि उनले बताएका छन् । उनका अनुसार यसका लागि सबैको सहयोग आवश्यक छ ।

    उनले भने, ‘कांग्रेस एक्लैले पुग्दैन। मैले अहिले प्रस्ताव गरेको प्रतिज्ञा पत्रमा लेखिएका दर्जनौँ कुरा गर्नका लागि दर्जनौँ ठाउँमा संविधान संशोधन गर्नुपर्छ। अनि त्यो संविधान संशोधन गर्न राष्ट्रिय सभा चाहिँदैन? त्यो संविधान संशोधन गर्न एमाले चाहिँदैन? माओवादी चाहिँदैन? रास्वपा चाहिँदैन? नयाँ पार्टी चाहिँदैन ? अनि म एक्लै चलाउँछु, एक्लै गर्छु, म असल बाँकी रहेका सबै खराब भन्ने यो मनोवृत्तिले देशलाई फेरि अर्को द्वन्द्वमा लिएर जान्छ। दुर्घटनामा लिएर जान्छ।’

    साथै, उनले भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार