Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसायमा बन्देज


    शुक्रबार, फाल्गुन १५ २०८२
    465
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय गर्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा बन्देज लगाएको हो ।

    जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्मको लागी मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसायहरू बन्द गर्न, गराउनुहुन सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

    जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी सूचनामा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको हो । यससँगै काठमाडौंभित्र रात्रीकालीन सञ्चालन हुने होटेल, रेस्टुरेन्ट लगायतका सम्पूर्ण रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यो नियम फागुन १८ गतेदेखि लागू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार