काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)का उम्मेदवार नरेन्द्र केसीले समर्थन गरेका छन् ।
आज दुवै दलका उम्मेदवारहरूले संयुक्त पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका उम्मेदवार केसीले रुकुमको समग्र विकासमा टेवा पुर्याउन आफ्नो उम्मेदवारी निष्क्रिय गराएको र प्रलोपा उम्मेदवार शर्मालाई समर्थन गरेको जानकारी दिए । यसअघि एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ ।
अब निर्वाचनको मैदानमा प्रलोपाका नेता जनार्दन शर्मासहित नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, नेपाली काँग्रेसका राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही छन् ।
पत्रकार सम्मेलनमा शर्माले प्रलोपा नेता शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको नमूना बनाउने बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend