Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेसमा प्रवेश


    बिहिबार, फाल्गुन १४ २०८२
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गरे ।

    नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।

    रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए ।

    ठकुरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए । चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाई धक्का लागेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार