Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जेनजी आन्दोलनमा जलेको घर हेर्न पुगिन् विद्या भण्डारी


    बिहिबार, फाल्गुन १४ २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन् । बिहीबार बिहान बुढानीलकण्ठ–२ पुगेर पूर्वराष्ट्रपति भण्डारीले जलेको घरको संरचनाको अवलोकन गरेकी हुन् ।

    भदौ २३ गते प्रहरी दमनबाट १९ युवाहरु मारिएपछि उग्र बनेको प्रदर्शनकारीले त्यसको भोलिपल्ट २४ गते सरकारी तथा निजी संरचना जलाउँदा भण्डारीको निवास पनि जलाएका थिए ।

    निवासमा आगलागी भएपछि भदौ २४ गते नै उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए । त्यसयता उनी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार