काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनाव आउन एक सातामात्र बाँकी रहेका बेला गएराति सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेको बताइएको छ ।
उच्च स्रोतका अनुसार उनी गएराति करिब पौने १२ बजे सहयोगी भानु देउवासहित सिंगापुरतर्फ उडेका हुन् । देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको दाबी गरिएको छ ।
यद्यपि उपचारसम्बन्धी औपचारिक विवरण सार्वजनिक गरिएको छैन। देउवाकी पत्नी आरजु राणा देउवा भने हाल भारतमा रहेकी छन् ।
चुनावी अभियान उत्कर्षमा पुगेका बेला देउवाको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व गगन थापा को हातमा पुगेपछि देउवा सार्वजनिक रूपमा खासै सक्रिय देखिएका थिएनन्। चुनावी मैदानमा उनको उपस्थिति खोजिए पनि उनी अभियानमा प्रत्यक्ष देखिएका थिएनन् ।
गत भदौमा भएको ‘जेनजी आन्दोलन’ पछि आन्दोलनकारीको आक्रमणमा परेपछि पनि देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend