Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देश-मधेस विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने रविको घोषणा


    बुधबार, फाल्गुन १३ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गरेका छन् ।

    आज (बुधबार) जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा उनले सो घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उनले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेण्डा भएको बताए ।

    उनले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने वाचा पनि गरे । उनीसँगै कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिष झाको समेत उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार