काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गरेका छन् ।
बुधबार महोत्तरीको क्षेत्र नं.४ स्थित सम्सी बजार पुगेका उपसभा पति शर्माले पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको उल्लेख गरेका छन् । नेपालमा उत्पन्न भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् दल नेपाली काँग्रेस नै भएको बताउँदै उनले ‘जेन जेड’ पुस्ताको भावना बुझेर उनीहरूसँग समन्वय गर्दै अघि बढ्ने नीति पार्टीले लिएको स्पष्ट पारेका छन्।
उपसभापति शर्माले निर्वाचन यही फागुन २१ गते हुने जानकारी दिँदै महोत्तरी निर्वाचन क्षेत्र नं। ४ बाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र राय यादवलाई मतदान गरी विजयी बनाउन मतदातासँग आग्रह पनि गरेका छन् । सो अवसरमा उनले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा शहीद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend