Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम प्रदान


    बुधबार, फाल्गुन १३ २०८२
    395
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम प्रदान

    काठमाडौँ। फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा मकवानपुरमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ ।

    दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा खटिन छनोट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि मंगलबारदेखि मकवानपुर बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको हो ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि निर्वाचन प्रशिक्षण तालिम आयोजना गरिएको हो । फागुन १४ गतेसम्म तालिम कार्यक्रम हुने छ ।

    पहिलो दिन फागुन १२ गते मकवानपुरको कैलाश, राक्सिराङ, बागमती, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।

    फागुन १३ गते मनहरी, बकैया, मकवानपुर गढी र भिमफेदी गाउँपालिकामा खटिने कर्मचारीका लागि प्रशिक्षण कार्यक्रम भइरहेको छ । फागुन १४ गते हेटौँडा उपमहानगरपालिकाभित्र खटिने कर्मचारीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

    जिल्लाको दस वटै स्थानीय तहमा खटिने ७६८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको हो । पहिलो दिन पाँच वटा स्थानीय तहमा खटिने २६६ जना, दोस्रो दिन २३४ जना र तेस्रो दिन २६८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत, सुरक्षा समितिका पदाधिकारी र स्रोत व्यक्तिले तालिममा प्रशिक्षण प्रदान गरिररेको छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार