काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव तथा दाङ क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले स्वर्गद्वारी गुठीसँग सम्बन्धित मोही किसानको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
घोराही मा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको उम्मेदवारसँग अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुठीसम्बन्धी विवाद दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका हुन्।
उनले यसका लागि कानुनी व्यवस्थापनतर्फ तयारी गरिएको भए पनि सम्बन्धित निकायको पर्याप्त सक्रियता नहुँदा प्रक्रिया अघि बढ्न ढिलाइ भएको उल्लेख गरे।
पोखरेलले गुठीसम्बन्धी समस्या व्यक्तिगत वा स्थानीय स्तरको मात्र नभई राज्यस्तरबाट सम्बोधन गर्नुपर्ने विषय भएको धारणा व्यक्त गर्दै यसका लागि राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने बताए। कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा नीतिगत निर्णय कार्यान्वयनमा प्रभावकारिता कमी आएको उनको भनाइ थियो।
उक्त कार्यक्रममा उनले समस्याको प्रकृति बुझेको प्रतिनिधि जिम्मेवार स्थानमा पुगेमा समाधान सम्भव हुने धारणा राख्दै आफूले त्यसका लागि लिखित प्रतिबद्धता समेत जनाएको जानकारी दिए।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend