काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएर शुक्रबार बालुवाटारमा राखेको बैठकले थप गरेका २३ केन्द्रीय सदस्यहरुलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । शनिबार बसेको माओवादी केन्द्रको बैठकले २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
ती २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो । उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।
शुक्रबार ओली समूहको केन्द्रीय समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, उद्योग मन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा, खानेपानी मन्त्री मणि थापासहित २३ पूर्वमाओवादी खेमाबाट आएकालाई केन्द्रीय सदस्यहरु मनोनीत गरेको थियो । माओवादीले कारबाही प्रक्रिया अगाडि बढाएमा यी मन्त्रीको सांसद पद कायम हुनसक्दैन । सांसद नभए पनि ६ महिना मन्त्री पदमा रहने कानुनी ब्यवस्था छ । ६ महिनापछि सांसद नभए मन्त्री हुन पाइँदैन ।
ओली पक्षको बैठकले पूर्व माओवादीको कोटाबाट ६ मन्त्रीबाहेकका १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मनोनीत हुनेहरुमा टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, झपट बोहरा र चन्द्रबहादुर खड्का छन् । यीमध्ये आङबुहाङ केही दिनअघिमात्र ओली क्याम्पमा प्रवेश गरेका हुन् । उनी ताप्लेजुङबाट प्रदेश सभा सांसद हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend