काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उचो पार्ने काम गरेको दाबी गर्दै आगामी दिनमा समेत शिर झुकाउनुपर्ने काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिसभा निर्वाचनका लागि सामाजिक सञ्जाल मार्फत भिडियो अपिल जारी गरेर मत माग्दै उनले रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगरेको र अब पनि नगर्ने बताएका हुन् ।
पुनले जनप्रतिनिधिका रुपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे विस्तारमा चर्चा गरेका छन् । उनले जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको बताएका छन् ।
यस्तै जिल्लाभरका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ सय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिंचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको उल्लेख गरेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, नेकपा एमालेका गोकुलप्रसाद घर्ती, नेपाली कांग्रेसका सुदन कुमार वली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का चुडामणि वली, राप्रपाका अम्मर बहादुर थापा क्षेत्रीसहित १० जना चुनावी प्रतिस्पर्धामा छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend