काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ । आज मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो ।
सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी निर्वाचन आयोगका एक जना उच्च अधिकृतले बताए ।
मतदानअघि मादक पदार्थ बेचबिखनमा रोक लगाउनेबारे पनि छलफल भएको बताइएको छ। बैठकमा सहभागी आयोगका एक जना अधिकृत भन्छन्, ‘मौन अवधिमा होली पर्व परेको हुनाले कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छ ।’
भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोक लगाउनेबारे पनि छलफल भएको छ । तर, मतदान हुनुभन्दा कत्ति दिनअघिदेखि विदेशी नम्बर प्लेटको सवारी चल्न नदिने भन्नेबारे निर्णय गर्ने अधिकार आयोगलाई दिइएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend