Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधिको शासन स्थापनाका निम्ति लागिपर्ने रवि लामिछानेको अठोट


    मंगलबार, फाल्गुन १२ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भद्रपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रूपमा उठान गरेका छन् ।

    चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरूप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट गरे ।

    जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको अध्यक्ष लामिछानेले बताए ।

    संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उनले जनचाहनाअनुरूप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतका माध्यमबाट निर्णय गर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार