काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी परिचालनको विषयलाई लिएर रुकुम पूर्वमा तिक्तता बढेको छ ।
निर्वाचन आयोगले शिक्षकहरूलाई पाखा लगाएर स्वास्थ्यकर्मीहरूलाई चुनावी जिम्मेवारीमा प्राथमिकता दिएको भन्दै सरकारी कर्मचारीहरू नै असन्तुष्ट बनेका हुन् ।
यसैक्रममा पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले आफूलाई तोकिएको मतदान अधिकृतको जिम्मेवारी लिखित रूपमै त्याग गर्ने घोषणा गरेका छन् ।
खड्काले जिल्ला निर्वाचन कार्यालयलाई पत्र बुझाउँदै भूमे गाउँपालिका–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुन्वाङको मतदान अधिकृत भएर काम गर्न आफ्नो नैतिकताले नदिने स्पष्ट पारेका छन् ।
राज्यले समाजलाई चेतना दिने शिक्षक वर्गको मान–मर्यादामा आँच पुग्ने गरी विभेदकारी नीति लिएको उनको आरोप छ । शिक्षकहरूलाई पूर्ण रूपमा बाइपास गरेर स्वास्थ्यकर्मीहरूलाई चुनावी मैदानमा उतार्ने जिल्ला निर्वाचन कार्यालयको निर्णयप्रति उनले कडा आपत्ति जनाएका छन् ।
यो विवाद केवल शिक्षकहरूको मान–मर्यादासँग मात्र जोडिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै निर्वाचनको समयमा स्वास्थ्यकर्मीहरूलाई २४ सै घण्टा ‘अलर्ट’ रहनुपर्ने भन्दै उनीहरूलाई चुनावमा नखटाउन पत्राचार गरिसकेको छ ।
मन्त्रालयका निर्देशनका बाबजुद जिल्लामा उपलब्ध अन्य जनशक्तिलाई छाडेर स्वास्थ्यकर्मीलाई नै चुनावी जिम्मेवारी सुम्पिएपछि नेपाल शिक्षक महासंघ र नेपाल पत्रकार महासंघ रुकुम पूर्वले पनि विरोध जनाउँदै आएका छन् ।
निर्वाचनको संघारमा जिम्मेवार तहका कर्मचारीले नै कार्यक्षेत्रमा जान अस्वीकार गरेपछि जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्व ठूलो दबाबमा परेको छ । एकातिर स्वास्थ्य मन्त्रालयको प्राविधिक निर्देशन र अर्कोतिर शिक्षा क्षेत्रका कर्मचारीहरूको संगठित असन्तुष्टिले चुनावी व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ ।
रिक्त रहेको मतदान अधिकृतको पदमा कसरी पदपूर्ति गर्ने र बढ्दो विवादलाई कसरी साम्य पार्ने भन्ने विषयमा निर्वाचन अधिकारीहरू अहिले अन्योलमा देखिएका छन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend