Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बसन्तपुरमा चीर ठड्याएलगत्तै सुरू भयो होली


    मंगलबार, फाल्गुन १२ २०८२
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको फागुपूर्णिमा (होली) शुरू भएको छ । आज बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।

    बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो ।
    त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ ।

    यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ । यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार