कृष्णप्रसाद पन्थ र पूजा बस्नेत
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन जति जति नजिकिंदैछ, त्यति त्यति रास्वपाबाट नेता कार्यकर्ताले उक्त पार्टी छाड्ने क्रम बढेको छ । रास्वपाका मकवानपुर लगायत केही जिल्ला सभापतिले नै पार्टी परित्याग गरेको घोषणा गरिरहेका छन् । मकवानपुर जिल्लाका रास्वपा सभापति भरत पराजुली आइतबार मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यसैक्रममा पश्चिम नवलपरासीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम बढेको छ । सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा छाडेको घोषण गरेका छन् ।
रास्वपाको भनाइ र गराइमा एकरुपता नभएको र पार्टी अवसरवादको चङ्गुलमा परेकाले पार्टी छाडेको पन्थले बताएका छन् । दुई दिन अगाडि मात्रै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी छाडेका थिए ।
उनले पनि पार्टीको भनाई र गराईमा एकरुपता नदेखिएको र देशलाई निकास दिनसक्ने अवस्था नदेखेर पार्टी छाडेको बताएका थिए । कांग्रेसका नेता बिक्रम खनाललाई रास्वपा भित्र्याएर टिकट दिएपछि सो क्षेत्रका रास्वपाका कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।
यसैबीच, ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उपसभापति पूजा बस्नेत विश्वकर्मा नै नेपाली कांग्रेसको सभामा पुगेकी छन् । उनी भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउन भन्दै सोमबार आयोजित एक सभामै मिसिएकी थिइन् ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend