Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो आकस्मिक बैठक


    शुक्रबार, फाल्गुन २८ २०७७
    5.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी को पद खारेज गरी पूर्वमाओवादी समूहका २३ जना केन्द्रीय सदस्य थप गरेपछि नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक राखेको छ ।

    ओलीले शुक्रबार महासचिव बाहेकका पदाधिकारीहरु हटाउने निर्णय गर्दै माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेका थिए । एक्लौटी रुपमा पदाधिकारी खारेज गरी आगामी २०७८ मंसिरमा महाधिवेशनको मिति घोषणा गरेपछि नेपाल –खनाल समूहले भावी रणनीति तय गर्न आकस्मिक स्थायी समितिको बैठक बसिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार