Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धादिङ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन


    सोमबार, फाल्गुन ११ २०८२
    215
    Shares
    तस्वीर साभार: प्रकाश डुम्रेको फेसबुक
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा आज भएको बस दुर्घटनाको छानबिन छानबिन गर्न समिति गठन भएको छ।

    दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

    दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीन वटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।

    पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका- ५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

    दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार