Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ३ हजार २ सय रुपैयाँ बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, फाल्गुन ११ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो।

    यस दिनका लागि छापवाल सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५९५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार