Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महासचिवबाहेक एमालेका सबै पदाधिकारी खारेज, मंसिर २ देखि ६ गतेसम्म महाधिवेशनको मिति तोकियो 


    शुक्रबार, फाल्गुन २८ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षको बहुमत रहेको पदाधिकारी नै खारेज गरेका छन् । पूर्व माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् ।

    बागमती प्रदेशमा यसअघि अष्टलक्ष्मी शाक्य इन्चार्ज थिइन् । शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलेओलीले बादलसहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् ।
    ओलीले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गते हुने निर्णय पनि गरेका छन् । ओली पक्षको बैठकले एक्लौटी रुपमा आज यो निर्णय गरेको हो ।

    प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको स्रोतले बताएको छ । ओलीले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको  जिम्मेवारी दिएका छन् ।

    लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र प्रभु शाह नेकपा एमालेको स्थायी कमिटीको सदस्यमा मनोनित गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार