काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा नेपालबाट हुने अदुवा निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म अवधिमा नेपालले ९ हजार ६ सय ५६ टन (९६ लाख ५६ हजार ५ सय ६० किलो) अदुवा विश्व बजार निर्यात गरेको छ । यसबाट मुलुकमा कुल ७७ करोड ७९ लाख १९ हजार रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको छ ।
गत आव २०८१/८२ सोही अवधिको तुलनामा यस वर्ष अदुवा निर्यात परिमाण झन्डै साढे तीन गुणा बढेको छ भने यसबाट हुने आम्दानी झन्डै दोब्बर वृद्धि भएको हो ।
गत वर्ष सात महिनामा नेपालबाट जम्मा २ हजार ७ सय १७ टन अदुवा मात्रै निर्यात भएको थियो, जसबाट देशले ३९ करोड ८४ लाख १९ हजार मात्र आम्दानी गरेको थियो ।
तथ्यांकलाई तुलनात्मक हेर्दा एक वर्ष अन्तरमा अदुवा निर्यातबाट हुने कुल आम्दानीमा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको छ भने परिमाण झन्डै ६ हजार ९ सय ३९ टन बढेको छ ।
चालु आव नेपालबाट निर्यात भएको कुल अदुवामध्ये सबैभन्दा ठूलो हिस्सा ‘ताजा अदुवा’ को छ । यस अवधिमा ९ हजार १ सय ६१ टन ताजा अदुवा निर्यात भएको छ, जसबाट ५६ करोड ६५ लाख ४५ हजार आम्दानी भएको छ । जबकि, गत वर्ष सोही अवधिमा जम्मा २ हजार ४ सय ५३ टन ताजा अदुवा निर्यात गरी २८ करोड ४२ लाख रुपैयाँमात्र भित्रिएको थियो ।
ताजा अदुवाका साथै प्रशोधित अदुवा (सुठो र पिँधेको) निर्यातमा पनि उल्लेख्य सुधार आएको छ । यस वर्ष ७ महिनामा ३ सय २९ टन सुठो निर्यात हुँदा १७ करोड ८४ लाख ८७ हजार रुपैयाँ र अन्य प्रकारका पिँधेका वा प्रशोधन गरिएका १ सय ६६ टन अदुवा निर्यातबाट ३ करोड २८ लाख ८७ हजार भित्रिएको छ ।
गत वर्ष सोही अवधिमा २ सय ६३ टन सुठोमात्र निर्यात भएको थियो, जसको मूल्य ११ करोड ४१ लाख रुपैयाँ बराबर थियो ।
चालु आव नेपाली अदुवा भारत र बंगलादेश सहित युरोपको जर्मनी, खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियासम्म पुगेको छ । नेपाली अदुवाको सबैभन्दा ठूलो र परम्परागत बजार छिमेकी भारत नै रहेको छ ।
७ महिना अवधिमा भारतमा मात्रै ८ हजार ९ सय ३७ टन ताजा अदुवा (५४ करोड ७१ लाख रुपैयाँ बराबर), १ सय ४४ टन सुठो (२ करोड ७५ लाख रुपैयाँ) र १ सय ६६ टन अन्य पिँधेको अदुवा (३ करोड २८ लाख रुपैयाँ) निर्यात भएको छ ।
भारतपछि ताजा अदुवाको दोस्रो ठूलो गन्तव्य बंगलादेश बनेको छ, जहाँ २ सय २४ टन ताजा अदुवा (१ करोड ९४ लाख रुपैयाँ ) र १५ टन सुठो (१० लाख रुपैयाँ) निर्यात भएको छ ।
परिमाणका हिसाबले युरोपेली देश जर्मनीमा भारतमा भन्दा बढी सुठो निर्यात भएको छ र मूल्यका हिसाबले यो निकै फाइदाजनक देखिएको छ । यस अवधिमा जर्मनीमा १ सय ६४ टन सुठो निर्यात हुँदा १४ करोड ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।
त्यस्तै खाडी देश यूएईमा ५ टन सुठो निर्यात गरेर २४ लाख ७ हजार रुपैयाँ भित्र्याइएको छ भने अस्ट्रेलियामा पनि करिब १ सय १२ किलो (०.११ टन) पिँधेको अदुवा निर्यात भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend