काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौरमा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । नेपालले आज एक सन्देश जारी गर्दै गौर नगरपालिका–६ सपगडामा हिन्दू र मुस्लिम दुवै समुदायबीच उत्पन्न विवाद अन्त्यका लागि संयमता अपनाउन आग्रह गरेका हुन् ।
धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै उनले साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
हिन्दू वा मुस्लिम दुवै एकअर्काका परिपूरक रहेको टिप्पणी गर्दैले स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि सरकारसँग माग गरेका छन् ।
गृहजिल्ला रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आएका नेपालले अहिले देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने पक्षलाई दृष्टिगत गरी संयमता अपनाउन दुवै समुदायसँग आग्रह गरेका छन् ।
रौतहट–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले तोडफोड, आगजनी तथा ढुङ्गा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको ‘कफ्र्यु’ को अवस्थालाई सामान्यीकरण गर्न आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको बताए ।
तीन दिनअघि गौरमा विवाहमा बाजा बजाएको निहुमा दुई समुदायबीच भएको सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै जाँदा साम्प्रदायिक दङ्गामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले शनिबारदेखि कफ्र्यु आदेश जारी गरेको छ ।
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend