काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार रहे पनि निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या ८६७ मात्रै पुगेको छ ।
२ हजार ५३९ उम्मेदवारले अझै खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुन का अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर आयोगलाई जानकारी गराएका छन् ।
निर्वाचन खर्चको पारदर्शिता, खर्च सीमाको पालना र प्रभावकारी निगरानीका लागि छुट्टै बैंक खाता अनिवार्य गरिएको हो । निर्वाचन आयोग ऐन २०७३ अन्तर्गत जारी आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सबै आर्थिक कारोबार सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ । सोही आधारमा निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ कार्यान्वयनमा आएको हो ।
आयोगले निर्वाचन क्षेत्रअनुसार खर्च सीमा तोकेको छ । काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा अधिकतम २५ लाख खर्च गर्न पाइनेछ । देशभर १७ क्षेत्रमा २७ लाख, ६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख र २६ क्षेत्रमा ३३ लाखसम्म खर्च गर्न पाइने व्यवस्था छ ।
उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ । खर्च सीमाको निर्धारण मतदाता संख्या, मतदान केन्द्र र क्षेत्रफलका आधारमा गरिएको आयोगले जनाएको छ ।
समानुपातिकतर्फ भने दलको बन्दसूचीमा रहेका प्रत्येक उम्मेदवारले अधिकतम २ लाख खर्च गर्न पाउने व्यवस्था छ ।
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend