Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको नेतृत्वमा जसपाको दाबी, प्रधानमन्त्रीका उम्मेदवार महन्थ ठाकुर !


    शुक्रबार, फाल्गुन २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारी पक्षसँग वार्तामा रहेको जनता समाजवादी पार्टीका नेताहरु एक्कासी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकोमा पुगेका छन् । सरकार पक्षसँग आज ४ बजे निर्णायक वार्ता गर्न लागेको जसपाका नेताहरु एकाएक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकन्ठमा पुगेका छन् ।

    देउवा निवासमा पनि अपराह्न ४ बजे नै वार्ता हुँदैछ । जसपा नेताहरुले बिहीबारको वार्तामा एमालेसँग सरकारमा जानेबारेमा वार्ता सकारात्मक भएको र आज निर्णायक वार्ता हुने बताउँदैआएका छन् । तर आज देउवा निवासमा जसपा नेताहरु सरकार गठनकै बिषयमा कुराकानी गर्न जान लागेको छ ।

    जसपाले एमाले वा कांग्रेसको नेतृत्वमा सरकारमा जाने भन्दा पनि आफ्नै नेतृत्वमा सरकारमा जाने बिषयलाई जोड दिन थालेको छ । १७४ सीट कम्युनिष्टको हुँदा पनि प्रधानमन्त्री केपी ओलीको दम्भले ३४ सिटको जसपाले सरकार बनाउने परिस्थिति विकास भएको छ । जसपाका शीर्षनेताहरु आफ्नै नेतृत्वमा सरकार गठनका बिषयमा छलफलमा जुटेका छन् । जसपाका नेता केशव झाले अहिलेको राजनीतिक निकासका लागि जसपाको नेतृत्वमा सरकार गठन हुनुपर्छ । जुन सरकारमा कांग्रेस, माओवादी मात्र होइन, एमाले पनि आउनुपर्छ । 

    ओलीले आफू प्रधानमन्त्री हुनमात्र माओवादी केन्द्रसँग एकता गरेको खुलिसकेको छ । उनकै कारण कम्युनिष्टहरु विभाजित भएर ३६ सिटको जसपाले सरकारको नेतृत्व पाउने अवस्था निम्तिएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार