काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ता नेकपा (एमाले)को झण्डा जलाउने क्रियाकलापमा संलग्न नरहेको जनाएको छ।
शुक्रबार रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गरी एमालेको झण्डा जलाएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
आफ्ना कार्यकर्ता त्यसमा संलग्न नभएको जनाउँदै रास्वपाले भनेको छ, ‘पार्टीका केन्द्रीय सभापतिज्यू सुर्खेतको कार्यक्रम समापन गरी दाङ आउने क्रममा सडक पेटीमा स्वतःस्फुर्त रुपमा स्वागतमा जुटेका शुभेच्छुकहरूको उत्साहजनक उपस्थ्तिलाई देखी अत्तालिएका केही घुसपैठ र अवाञ्छित तत्वहरूले यो भ्रमपूर्ण वातावरण सिर्जना गरेको हाम्रो स्पष्ट ठहर छ।’
रास्वपाले एमालेको झण्डा जलाउने कार्यक्रममा संलग्न व्यक्तिलाई कारबाही गर्न पनि माग गरेको छ। ‘यस घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गर्दछौँ,’ रास्वपाले भनेको छ।
सभापति घिमिरले रास्वपा विधिको शासनको पालना गर्ने जनाएको छ। उनले भनेका छन्, ‘रास्वपा विधिको शासन, सुसंस्कृत राजनीति र अहिंसाको मार्गमा अटुट विश्वास राख्ने पार्टी भएकाले यस्ता खालका अनैतिक र अलोकतान्त्रिक क्रियाकलाप हामीलाई कदापी स्वीकार्य छैनन्।’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend