Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ‘रेशम चौधरीको मुद्दा फिर्ता लिंदा राजनीतिको अपराधीकरण हुन्छ’


    शुक्रबार, फाल्गुन २८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा जानका लागि राखेका तीन वटा सर्त जसले पूरा गर्छ, त्यही पार्टीसँग सरकारमा जाने धारणा राख्दैआएको छ । जसपाले राखेका तीन वटा सर्तमा थुनामा रहेका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीको मुद्दा फिर्ता प्रमुख छ ।

    आफ्नो सत्ता टिकाउन ओली चौधरीको मुद्दा फिर्ता लिन समेत तयार भएका छन् । तर मानवअधिकारवादीहरुले चौधरीको मुद्दा फिर्ता लिने कार्यको बिरोध गरेका छन् । यसरी मुद्दा फिर्ता लिंदा दण्डहीनता संस्थागत हुने, पीडितका अधिकार कुल्चिने र राजनीतिको अपराधीकरण हुने चिन्ता प्रकट गरिएको छ ।

     मानवअधिकारवादी नेता चरण प्रसाईले लेखेका छन्–एक बालकसहित ८ प्रहरीको हत्यामा दोषी ठहर भएका ब्यक्तिसमेतलाई माफी दिने गरी सरकार जोगाउने खेलमा एमाले फस्नु गलत छ ।

    यसबाट दण्डहीनता संस्थागत हुने, पीडितका अधिकार कुल्चिने र राजनीतिको अपराधीकरण हुन्छ । यो सत्ताको चरम दुरूपयोग हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार