काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी बिभाजन भएको अढाई महिनासम्म पनि अनिर्णयको बन्दी बनेको निर्वाचन आयोग जनता समाजवादी पार्टी(जसपा) विभाजनको निवेदन पर्नासाथ निर्णय गर्न तयारी अवस्थामा छ । प्रधानमन्त्री केपी ओलीले सकेसम्म सग्लो जसपालाई ल्याएर सरकार टिकाउने, नसके महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, इस्तियाक राईहरुसहितका सांसदहरु फुटाउन साम दाम दण्डभेद सबै हत्कण्डा प्रयोग गर्दैआएका छन् ।
सिंगो जसपा ओली सरकारमा आउने संभावना कम भएकाले पनि प्रधानमन्त्री ओली विभाजन गर्न तम्सिएका छन् । जे जसरी पनि जसपा फोर्न उनले भारतीय खुफिया एजेन्सी रअ को पनि सहयोग लिएका छन् । रअ ले तत्कालीन राजपालाई ओली सरकारमा सामेल गराउन चाहिरहेको छ । चुच्चे नक्साको फन्डा निकालेर ‘राष्ट्रवादी’ जामा पहिरिएका ओलीले मध्यरातमा बालुवाटारमा रअ का कर्मचारी सामन्त गोयललाई भेटेपछि उनले तीन बर्षमै प्रतिनिधिसभा बिघटन गरेका थिए ।
प्रधानमन्त्री ओली अहिले संविधान संशोधन गर्ने, जन्मकैदको संजाय पाएका रेशम चौधरीको मुद्दा फिर्ता लिने जस्ता सर्त समेत पूरा गर्न तयार भएका छन् । जसपासँग सरकार टिकाउने नाममा हिजो आफैंले राष्ट्रघाती भनेका कार्य गर्न ओली उद्यत भएर लागेका छन् ।
रअ को सहयोगमा जसपा टुक्र्याउन लागेका उनले निर्वाचन आयोगका पदाधिकारीलाई निवेदन पर्नासाथ तत्कालै दल विभाजन गर्ने निर्णय गर्न तयारी हालतमा राखेका छन् । ओलीको आदेश तामेली गर्ने प्रमुख आयुक्त थपलियाले जसपाको विभाजनको निवेदन पर्नासाथ प्रक्रिया पुगे नपुगेको समेत नहेरी निर्णय गर्ने बचनबद्धता ओलीसमक्ष प्रकट गरिसकेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend