काठमाडौं । नेकपा(एमाले)का दुई नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ का पूर्वसांसदसमेत रहेका काठमाडौंका एमाले नेता रामवीर मानन्धर आज कांग्रेसमा प्रवेश गरेका छन् । रामवीर मानन्धर २०७४ मा एमालेबाट सांसद निर्वाचित भएका थिए ।
२०४९ सालमा वडा नम्बर १६ का वडाध्यक्ष रहिसकेका मानन्धर २०७४ पछि केही समय केपी शर्मा ओली सरकारमा सहरी बिकास राज्यमन्त्रीसमेत भएका थिए ।
यसैबीच, पूर्वसांसद तथा रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनले गएको फागुनमै एमाले छाडेका थिए । जिल्लाको अध्यक्ष रहेका ढकाललाई माओवादी, नयाँशक्ति, कांग्रेस हुँदै एमाले प्रवेश गरेका प्रेम तामाङले असहयोग गरेपछि एमालेमा बस्न नसकी छाडेको घोषणा गरेका थिए ।
यसैगरी आजै कांग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी पनि छन् । उनी ३ पटक काठमाडौं ३ का वडाध्यक्ष भएका थिए ।
काठमाडौं–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा पनि आजै कांग्रेस प्रवेश गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend