काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विद्यमान राष्ट्रिय चुनौतीहरूको समाधानमा सहमति कायम नगरी निर्वाचन प्रक्रियातर्फ अघि बढ्न नहुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जारी भिडियो सन्देशमार्फत उनले वर्तमान अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै मुलुक कठिन परिस्थितिमा पुगेको दाबी गरेका हुन्। देशमा द्वन्द्व, अस्थिरता र राजनीतिक खिचातानी बढ्न नदिन राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
उनले मुलुकको अस्मिता नै चुनौतीमा परेको अवस्था रहेको भन्दै विगतका विभिन्न राजनीतिक परिवर्तनले राष्ट्र र नागरिकलाई के उपलब्धि गरायो भन्ने विषयमा आत्ममूल्यांकन आवश्यक रहेको बताएका छन्।
समाजमा आपसी द्वेष र टकरावको प्रवृत्ति हटाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले अधिकारप्रति मात्र केन्द्रित हुने र कर्तव्यबोधलाई बेवास्ता गर्ने प्रवृत्ति बढिरहेको टिप्पणी पनि गरेका छन्।
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend