काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै होइन, बदल्ने बताएका छन्।
बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब सबैका अलगअलग सटर बन्द गर्नुपर्ने बताए। पुराना दलको पछि नलाग्न आग्रह गर्दै लामिछानेले भने, ‘सटर बन्द हुन्छ। कि हाम्रो गर्नुस्, कि अरुको गर्नुस्।’
उनले भारतमा रहेका सुदूरपश्चिमेलीलाई चुनावमा मतदानका लागि आउन आग्रह गरे। ‘यस पटक जनता जिताउने हो। हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ। देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौँ,’ लामिछानेले भने, ‘यस पटक मत नबाढ्नुहोला। यो ऐतिहासिक अवसर हो।’
उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको जिकिर गरे। ‘म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु,’ लामिछानेले भने, ‘सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो। बदल्ने हो।’
उनले सुदूरपश्चिमेलीलाई मत नबाढ्न आग्रह गरे। सबै समस्या समाधान गर्नुपर्ने भएकाले रास्वपालाई नै मत दिनुपर्ने बताए। ‘बेथिति र भ्रष्टाचार सबै फाल्ने कि आधि फाल्नेरु पूरै फाल्ने कि आधा फाल्नेरु’ लामिछानेले भने, ‘प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी।’
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend